चेको छोराछोरीलाई अन्तिम पत्रः– संसारमा हुने हरेक विभेद विरुद्ध आवाज उठाउ
प्यारा हिल्डिटा, एलिडिटा, क्यामिलो र अर्नेष्टो
तिमीहरुले एकदिन यो पत्र अवश्य पढ्नेछौ । तर म त्यसबेलासम्ममा मरिसकेको हुनेछु । तिमीहरुको मस्तिष्कमा मेरो सम्झना नहुन पनि सक्छ । त्यतिखेर तिमीहरुले मलाई सम्झन पनि सक्दैनौ । कान्छो छोराले त मलाई बिर्सिसकेको हुनेछ ।
तिमीहरुको बुबा आफूलाई जे राम्रो लाग्यो त्यही गर्ने मान्छे हो र आफ्नो विचारमा कटिबद्ध पनि हो ।
तिमीहरु राम्रो क्रान्तिकारीको रुपमा हुर्क, बढ र बन । प्राविधिक ज्ञानको निम्ति अध्ययन गर, जसले प्रकृतिलाई समेत वशमा ल्याउँछ । क्रान्ति महत्वपूर्ण भन्ने कुरा सम्झिराख । हामीलाई एकअर्काबाट अलग्याउने धन केही होइन भन्ने कुरा नबिर्स ।
यो बाहेक जीवनको विविध पक्षमा संवेदनशील होउ । संसारमा जहाँ कहीं र जो कोहीबाट हुने अन्यायको विरुद्ध आवाज उठाउ ।
फेरी भेट्ने आशा सहित
प्यारो चुम्बन
उही तिमीहरुको बुबा
त्यसपछि चै कहिल्यै फर्किएनन् । तर चे हामीबाट कहिल्यै टाढिएनन् पनि ।
Comments
Post a Comment